दफा ९८
अधिकार प्रत्यायोजन
(१) यस ऐन बमोजिम समितिले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार महासचिव, सचिव वा अन्य कुनै अधिकृतले प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ ।
(२) महासचिवले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार सचिव, सचिवालय सचिव वा अन्य कुनै अधिकृतले प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ ।